गोल्डेन ग्लोब २०१९: ‘बाहिमियन राप्सोडी’ सर्वोत्कृष्ट चलचित्र, रामी मलिक सर्वोत्कृष्ट अभिनेता

काठमाडौं, २३ पुस । हलिउड चलचित्र तथा टेलिभिजन क्षेत्रका उत्कृष्ट सिर्जना र सर्जकलाई सम्मानित गर्ने वर्षको पहिलो भव्य अवार्ड गोल्डेन ग्लोब २०१९ सम्पन्न भएको छ ।

सन् १९४४ देखि हलिउड फरेन प्रेस एसोसिएसनले आयोजना गर्ने अवार्डमा टेलिभिजन तथा चलचित्रका विभिन्न विधाका सर्वोत्कृष्टहरूले अवार्ड पाएका छन् । नेपाली समयानुसार सोमबार बिहान अमेरिकाको लस एन्जलसमा सम्पन्न ७६ औँ संस्करणको अवार्ड वितरण समारोहमा रामी मलिकले सर्वोत्कृष्ट अभिनेताको अवार्ड हात पारे ।

मलिकले बाहिमियन राप्सोडीमा गरेको कामका लागि सो अवार्ड प्राप्त गरेका हुन् । उनले ‘अ स्टार इज बर्न’का अभिनेता ब्राडली कुपरसहितलाई पछि पारेका हुन् । यस्तै ग्लेन क्लोजले ‘द वाइफ’मा गरेको कामका लागि सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन् ।

यस्तै चलचित्र ‘बाहिमियन राप्सोडी’ले गोल्डेन ग्लोबमा सबैभन्दा ठूलो अवार्ड जितेको छ । ‘अ स्टार इज बर्न’सहितका चलचित्रलाई पछि पार्दै ‘बाहिमियन राप्सोडी’ले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको हो ।

कुन विधामा कसलाई कुन अवार्ड?

सर्वोत्कृष्ट चलचित्र (मोसन पिक्चर, ड्रामा): बाहिमियन राप्सोडी

सर्वोत्कृष्ट मोसन पिक्चर, कमेडी: ग्रीन बुक

सर्वोत्कृष्ट अभिनेता (मोसन पिक्चर, ड्रामा): रामी मलिक (बाहिमियन राप्सोडी)

सर्वोत्कृष्ट अभिनेत्री (मोसन पिक्चर, ड्रामा): ग्लेन क्लोज (द वाइफ)

सर्वोत्कृष्ट अभिनेता (मोसन पिक्चर–कमेडी): क्रिष्टियन बेल (भाइस)

सर्वोत्कृष्ट अभिनेत्री (मोसन पिक्चर–म्युजिकल वा कमेडी): ओलिभिया कोलम्यान (द फेभरेट)

सर्वोत्कृष्ट टिभी सिरिज ड्रामा: द अमेरिकन्स

सर्वोत्कृष्ट एनिमेटेड फिचर फिल्म: स्पाइडरम्यानः इनटू द स्पाइडरभर्स

सर्वोत्कृष्ट अभिनेता (टिभी सिरिज, म्युजिकल र कमेडी): माइकल डुग्लस (द कोमिन्स्की मेथड)

सर्वोत्कृष्ट अभिनेता (टिभी सिरिज, ड्रामा): रिचार्ड म्याड्डेन (बडीगार्ड)

सर्वोत्कृष्ट सह अभिनेता (टिभी सिरिज, ड्रामा): बेन विहिशव (अ भेरी इंग्लिस स्क्याण्डल)

सर्वोत्कृष्ट अभिनेत्री (लिमिटेड सिरिज वा टेलिभिजन मुभी): प्याट्रिसिया अर्क्केट (इस्केप फ्रम डान्नेमोरा)

सर्वोत्कृष्ट ओरिजिनल स्कोर: फर्स्ट म्यान

सर्वोत्कृष्ट ओरिजिनल सङ्ग: स्यालो (अ स्टार इज बर्न)

सर्वोत्कृष्ट सह अभिनेता (मोसन पिक्चर): माहर्शला अली (ग्रीन बुक)

सर्वोत्कृष्ट सह अभिनेत्री (मोसन पिक्चर): रेजाइना किङ्ग (इफ बियर स्ट्रिट कुड टक)

सर्वोत्कृष्ट अभिनेत्री (टेलिभिजन सिरिज): सान्ड्रा ओ (किलिङ्ग इभ)

सर्वोत्कृष्ट स्क्रिनप्ले: ग्रीन बुक

सर्वोत्कृष्ट सह अभिनेत्री (सिरिज, लिमिटेड सिरिज वा टेलिभिजन मुभी): प्याट्रिसिया क्लार्क्सन (शार्प अब्जेक्ट)

सर्वोत्कृष्ट विदेशी भाषाको चलचित्र: रोम

सर्वोत्कृष्ट अभिनेता (लिमिटेड सिरिज वा टेलिभिजन मुभी): डरेन क्रिस (द एसासिनेशन अफ जियानी भर्साची)

सर्वोत्कृष्ट निर्देशक: अलफोन्सो कुरोन (रोम)

सर्वोत्कृष्ट अभिनेत्री (टेलिभिजन सिरिज, कमेडी): राचेल ब्रोस्नाहान (द मार्भेलस मिसेज माइजल)

सर्वोत्कृष्ट टेलिभिजन सिरिज, कमेडी: द कोमिन्स्की मेथड

सर्वोत्कृष्ट लिमिटेड सिरिज वा टेलिभिजन मुभी: द एसासिनेशन अफ जियानी भर्साची

shares