तिलौराकोट दरबारभित्रका चार स्थानको उत्खनन् कार्य सुरु

कपिलवस्तु, २३ पुस । प्राचिन कपिलवस्तु तिलौराकोट दरबारभित्रका तीन र कन्थक स्तुप गरी चार स्थानको उत्खनन् कार्य सुरु गरिएको छ ।

तिलौराकोट दरबार क्षेत्रको मध्य-भागको संरचना परिसर, केन्द्रीय पोखरी र समय माई मन्दिर पछाडिको क्षेत्र तथा कन्थुप स्तुप क्षेत्रको उत्खनन् थालिएकाे हाे ।

फेब्रुअरी २८ सम्म चल्ने उत्खननमा बेलायतको दुरहाम विश्व विद्यालय, नेपाल सरकारको पुरातत्व विभाग, लुम्बिनी विकास कोष र अन्तर्राष्ट्रिय विज्ञको सहभागिता रहने जानकारी दिइएको छ ।

लुम्बिनीपछि तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउन उत्खनन् र अन्वेषणलाई निरन्तरता दिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले बताए 

गौतम बुद्धले २९ वर्ष बिताएको स्थान तथा राजा शुद्धोधनको राजधानी प्राचिन कपिलवस्तु तिलौराकोट दरबारको मुख्य भाग, केन्द्रीय पोखरीको केही भाग पूर्वी, पश्चिमी, उत्तरी र दक्षिणी सुरक्षा पर्खालको उत्खनन् कार्य सम्पन्न भैसकेको छ ।

shares