सबैसँग सल्लाह गरेरै कर्मचारी समायाेजन अध्यादेश ल्याइएको हो: मन्त्री पण्डित

काठमाडौं, २३ पुस । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सबैसँग सल्लाह गरेर कर्मचारी समायाेजन अध्यादेश ल्याइएको बताएका छन् ।

राष्ट्रिय सराेकार समितिकाे बैठकमा कर्मचारीले राखेको जिज्ञासाकाे जवाफ दिँदै मन्त्री पण्डितले कसैको स्वार्थमा कुनै मुड चलेर अध्यादेश नल्याइएकाे बताए ।

कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले बाध्यताले संसद छलेर अध्यादेश ल्याउनुपरेकाे दाबी गरे ।

मन्त्री ढकालले कसैको आस्थामाथि प्रतिबन्ध लगाउने गरी वर्तमान सरकारले काम नगरेको दाबी गर्दै सबैलाई कर्मचारी अध्यादेश स्वीकार गर्न आग्रह गरे ।

shares