अष्ट्रेलियाविरुद्ध चार म्याचकाे टेस्ट शृङ्खला भारतले २-१ ले जित्यो

अष्ट्रेलियाको घरेलु मैदानमा टेस्ट सिरिज जित्ने भारत पहिलाे एसियन राष्ट्र

अष्ट्रेलिया, २३ पुस । भारत र अष्ट्रेलियाबीचकाे चाैथाे टेस्ट बराबरीमा सकिएकाे छ । याेस‌ँगै चार म्याचकाे टेस्ट शृङ्खला भारतले २-१ ले जितेकाे छ ।

विराट काेहलीकाे कप्तानीमा रहेकाे भारतले ७२ वर्षपछि अष्ट्रलियाविरुद्धकाे टेस्ट अष्ट्रेलियाकाे घरेलु मैदानमा जितेकाे छ । अन्तिम टेस्टमा टस जितेर ब्याटिंङ गरेको भारतले ७ विकेटको क्षतिमा ६२२ रन बनाउँदा इनिङ्स समाप्तिको घोषणा गरेपछि ब्याटिंङमा आएको अस्ट्रेलिया फलो अनमा परेको थियाे ।

पहिलो इनिंङ्समा ३२२ रनले पछि परेको अस्ट्रेलियाले फलो-अनपछि ब्याटिंग गर्दै विकेट नगुमाई ६ रन बनाउँदा खराब प्रकासको कारण चौथो दिनको खेल सकिएको थियाे । पाँचाै दिनकाे खेल वर्षाका कारण अवरुद्ध भएपछि खेल बराबरीमा सकिएकाे थियाे ।

१९८८ पछि घरेलु मैदानमा पहिलो पटक अस्ट्रेलियालाई कुनै टिमले फलो-अन दिएको हो । जितस‌ंगै भारत अष्ट्रेलियाकाे घरेलु मैदानमा टेस्ट सिरिज जित्ने पहिलाे एसियन राष्ट्र भएकाे छ ।

shares