स्पेनिस ला लिगामा गेटाफेमाथि बार्सिलोनाको २-१ को जित

काठमाडौं, २३ पुस । स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनाले गेटाफेमाथि दुई–एकको जित निकालेको छ ।

ला लिगा अन्तर्गत गेटाफेविरुद्ध खेलको २०औं मिनेटमा लियोनल मेस्सीको गोलसंगै बार्सिलोनाले अग्रता लियो । ३९औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

गेटाफेका लागि ४३औं मिनेटमा जेमी माटाले गोल गरे । त्यसपछि बांकी समयमा दुबैतर्फबाट कुनै गोल हुन सकेन । १८ खेलको समाप्तिमा ४० अंकका साथ बार्सिलोना तालिकाको शीर्ष स्थानमा कायमै छ ।

ला लिगाकै अर्को खेलमा स्पेनिस जायन्ट रियल मड्रिड रियल सोसीसाडसंग दुई–शुन्यले पराजित भएको छ । रियल सोसीडाडको जितमा विलियम जोशे र रुबेन पोर्डोले एक–एक गोल गरे ।

६१औं मिनेटमा लुकास भासक्वेज रेड कार्ड पाउंदै बाहिरिएपछि रियल मड्रिड दश खेलाडीमा सिमित भएको थियो । ला लिगाकै अन्य खेलमा एथ्लिट्को मड्रिड र सेभियाले एक–एकको बराबरी खेल्दा भिल्लारियाल र इबर गोलरहित बराबरीमा रोकिएका छन् ।

shares