उपत्यका आसपासका क्षेत्रमा हल्का वर्षासंगै हिमपात

काठमाडौं, २३ पुस । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ ।

काठमाडौँ उपत्यका आसपासका क्षेत्रमा वर्षासंगै हल्का हिउँ पनि परेको छ । फुलचोकी आसपासका क्षेत्र, मकवानपुरको दामन, दोलखाको कालिञ्चोकलगायत आसपासका क्षेत्रमा हल्का हिउँ परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमबाट भित्रिएको न्यूनचापीय प्रणालीको प्रभावका कारण काठमाडौँ उपत्यकासहित मध्य र पश्चिमका क्षेत्रमा पानी परेको हो । दिउँसो पूर्वका क्षेत्रमा पनि पानी पर्ने सम्भावना छ ।

सोमबार दिनभर देशभरको मौसम बदली हुने र हल्का पानी पर्ने छ । पानी परेसँग उपत्यकामा चिसाे बढेको छ ।

shares