दुई तिहाइको घमण्ड नगर्न सरकारलाई प्रचण्डको सुझाव

काठमाडौं, २२ पुस । पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टी नेतृत्वको सरकार र नेताहरूलाई घमण्ड प्रदर्शन नगर्न सुझाव दिएका छन् ।

सरकार र पार्टीसँग जोडिएका विषयमा कसैको नाम नलिई प्रचण्डले घमण्ड गरे त्यसको नकारात्मक असर देखिने बताएका छन् । आज बुटवलमा एक कार्यक्रममा बोल्दै प्रचण्डले घमण्ड देखाए हेर्दाहेर्द परिस्थिति उल्टिन सक्ने चेतावनी नै दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विपक्षी कांग्रेसलाई मिलेर वा लडेर जसरी जाने विकल्प रोज्न विपक्षी कांग्रेसलाई चुनौति दिएकै दिन प्रचण्डले चाहीं दुई तिहाईको घमण्ड गर्न नहुने बताएका हुन् ।

प्रचण्डले कम्युनिष्टलाई स्थापित हुन नदिन देशभित्र र बाहिरबाट प्रतिक्रान्तिकारी शक्तिले प्रयत्न गरिरहेको दाबी पनि गरे ।

shares