लेखा परीक्षणको काममा महालेखा परीक्षकको कार्यालयको निर्देशन किन?

काठमाडौं, २२ पुस । अर्थमन्त्री डा. युवराज खतिवडाले कर छली हुन नदिन पनि निजी क्षेत्रको लेखा परीक्षणको काममा महालेखा परीक्षकको कार्यालयले निर्देशन दिने कानुनी व्यवस्था गर्नु परेको बताएका छन् ।

संघीय संसद अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै मन्त्री खतिवडाले बैंकको ऋण असुलीमा समेत समस्या हुने गरेका कारण पनि निजी क्षेत्रको लेखा परीक्षणको काममा पनि सरकारले निगरानी राख्नु परेको पनि स्पष्ट पारे ।

मन्त्री खतिवडाले निजी क्षेत्रका लेखा परीक्षकहरूको काम प्रभावकारी हुन नसकेकै कारण कर छली बढन गई मुलुकमा सुशासन कायम हुन नसकेको दाबीसमेत गरे ।

महालेखा परीक्षकको कार्यालयले निर्देशन दिने कानुनी व्यवस्था नगर्न निजी क्षेत्रका लेखा परीक्षकहरूले दबाब दिइरहेका बेला अर्थमन्त्री खतिवडाले यस्तो स्पष्टिकरण दिएका हुन् ।

shares