ब्राजिलको फोर्टालेजामा अपराधिक हिंसा रोक्न ३ सय सैनिक परिचालन

काठमाडौं, २२ पुस । ब्राजिलको उत्तरी शहर फोर्टालेजामा अपराधिक हिंसा रोक्न सरकारले ३ सय सैनिक परिचालन गरेको छ ।

अपराधिक समूहद्वारा पसल, बैंक र बसहरूमा हुने आक्रमण रोक्नका लागि न्याय मन्त्रालयको आदेशमा सैनिक परिचालन गरिएको हो । यसै साता स्थानीय कारागारहरूमा थप कडाइ सुरु गरेपछि त्यसको विरोधमा अपराधिक समूहले दर्जनौं आक्रमणहरू गरेका छन् ।

कारागारका अधिकारीहरूले कारागारभित्र मोबाइल फोनको सिग्नलहरू ब्लक गर्नुका साथै अपराधिक समूहमा आबद्धताको आधारमा कैदीहरू छाड्ने नीति अन्त्य गरेकाले अपराधिक समूह क्रुद्ध बनेका हुन् ।

राष्ट्रपति बोल्सोनारोले सैन्य तैनाथीको प्रशंसा गर्दै उक्त निर्णय उपयुक्त र प्रभावकारी रहेको बताएका छन् ।

shares