Breaking News

च्याम्पियन्स् ट्रफी अन्तर्गत भारत र पाकिस्तान भिड्दै

निलम / काठमाण्डौ, २१ जेठ । आईसिसी च्याम्पियन्स् ट्रफी अन्तर्गत सबैभन्दा रोमाञ्चक र प्रतिक्षित मानिएको खेलमा अहिले भारत र पाकिस्तानबीच प्रतिस्पर्धा भइरहेको छ ।

बर्मीङघमको एजवास्टन स्टेडियममा भइरहेको खेलमा पाकिस्तानले टस जितेर पहिले फिल्डिङ रोजेको छ । डिफेन्डिङ च्याम्पियन भारतले सन् २००२ मा श्रीलंकासँग उपाधि बाँडेको थियो । गत संस्करणको प्रतियोगितामा भारतले आयोजक राष्ट्र इङ्ल्याण्डलाई ५ विकेटले हराउँदै उपाधि जितेको हो ।

यता, चीरपरिचित प्रतिद्वन्दी पाकिस्तान भने च्याम्पियन्स् ट्रफीको फाइनलसम्म पुग्न सकेको छैन । पछिल्लो समय एक दिवसीय क्रिकेट विश्वकपमा भारतले पकिस्तानलाई ७६ रनले हराएको थियो । एक दिवसीय क्रिकेट अन्तर्गत यी दुईबीच भएका पछिल्ला ५ भेटमा भारतले ३ खेल आफ्नो पक्षमा पार्दा पाकिस्तानले २ खेल जितेको छ ।

shares