संसदमा प्रधानमन्त्रीको सम्बोधन (लाइभ)

काठमाडौं, २२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरेका छन् ।

नयाँ बानेश्वरस्थित संसद भवनमा प्रधानमन्त्री ओलीले संसद बैठकलाई सम्बोधन गरेका हुन् । बैठकमा प्रधानमन्त्री ओलीले वाइड बडी भ्रष्टाचारलगायत समसामयिक विषयमा जवाफ दिने बताइएको छ।

कैलाली टीकापुर घटनामा मुख्य दोषी भनिएका राष्ट्रिय जनता पार्टी राजपाका सांसद रेशम चौधरीलाई सपथ गराइएको, कञ्चनपुरकी १३ वर्षकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै सरकारको आलोचना हुँदै आएको छ ।

संविधान संशाेधनमा राजपाको माग र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उठाउँदै आएको विभिन्न विषय प्रधानमन्त्री ओलीको सम्बोधनमा समेटिने जनाइएको छ ।

shares