ब्ल्याकपुललाई हराउँदै आर्सनल एफए कप फुटबलको चौथो चरणमा प्रवेश

काठमाडौं, २२ पुस । ब्ल्याकपुलमाथि ३–० को जित निकाल्दै आर्सनल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।

गएराति अवे मैदानमा भएको खेलमा आर्सनललाई जिताउन जो विलोकले दुई तथा एलेक्स इओबीले एक गोल गरे । १९ वर्षका विलोकले ११ र ३७ मिनेटमा गरी पहिलो हाफमा नै दुई गोल गरे ।

यस्तै ८२ औँ मिनेटमा इओबीले गोल गरेपछि आर्सनल ३–० ले विजयी भयो र चौथो चरणमा स्थान बनायो । एफए कपकै अन्य खेल म्यानचेष्टर युनाइटेडले रिडिङमाथि तथा चेल्सीले नटीङहाम फरेष्टमाथि समान २–० काे जित निकाल्दै चाैथो चरणा प्रवेश गरे ।

गएराति नै भएको खेलमा बोर्नमाथलाई ३–१ ले हराउँदै ब्राइटनले चौथो चरणमा स्थान पक्का गरेको छ । यस्तै बर्नलीले बार्न्स्ले लाइ १–०, वेष्टह्यामले ब्रमिङ्घमलाई २–०, स्वान्सीले एस्टन भिल्लालाई ३–० तथा एक्रिङ्गटनले इप्स्वीचलाई १–० ले हराएर चौथो चरण स्थान पक्का गरेका छन् ।

shares