चीन जाने आफ्ना नागरिकलाई सतर्क रहन अमेरिकाको आग्रह

काठमाडौं, २० पुस । अमेरिकी विदेश विभागले चीन जाने आफ्ना नागरिकहरूलाई अधिक सतर्कता अपनाउन चेतावनी जारी गरेको छ ।

राष्ट्रिय सुरक्षामा खेलवाड गरेको आरोपमा आफ्ना दुई नागरिक माइकल कोवरिग र माइकल स्पावोर चीनको हिरासतमा रहेका बेला अमेरिकाले चेतावनी जारी गरेको हो ।

चीनका एक शीर्ष अभियोजकले हिरासतमा रहेका दुवैजनाले कानून उल्लंघन गरेकामा कुनै शंका नरहेको बताएका छन् । चीनमा हिरासतमा रहेका माइकल स्पावोरको उत्तर कोरियाका नेता किम जोंगउनसँग नजिकको सम्बन्ध रहेको दाबी गरिएको छ ।

अर्कोतिर तीनजना अमेरिकी नागरिकहरूमाथि आर्थिक अपराधको आरोप लगाएर उनीहरूलाई देश छाड्नमा रोक लगाइएको थियो।

shares