स्पेनिस ला लिगा: रियल मड्रिड भिल्लारियलसंग २–२ गोलको बराबरीमा रोकियो

काठमाडौं, २० पुस । स्पेनिस ला लिगामा रियल मड्रिड रेलिगेसन जोन नजिक रहेको भिल्लारियलसंग २–२ गोलको बराबरीमा रोकिएको छ ।

सान्टी काजोर्लाले दुई गोल गर्दा रियल मड्रिड भिल्लारियलको मैदानमा बराबरीमा रोकियो । खेलको चौथो मिनेटमा काजोर्लाको गोलमार्फत भिल्लारियलले अग्रता लियो ।

करिम बेन्जिमाले त्यसको तीन मिनेटपछि बराबरी गोल गरे । राफेल भारानले २० औ मिनेटमा रियल मड्रिडलाई अग्रता दिलाए । तर खेल सकिन ८ मिनेट बाँकी छँदा काजोर्लाले गोल गर्दै रियलसंग अंक खोस्न सफल भए ।

रियलले १७ खेलबाट ३० अंक जोडेको छ । रियल शीर्ष स्थानको बार्सिलोना भन्दा अझै ७ अंकले पछाडि छ । भिल्ला रियल १६ अंकसहित रेलिगेशन जोनबाट माथि उठेको छ ।

shares