चार किलो सुनसहित तीन जना पक्राउ

धादिङ, २० पुस । धादिङको गजुरीबाट चार किलो सुनसहित तीन जना पक्राउ परेका छन् ।

रसुवाबाट सुन ल्याउँदै गरेका रसुवा उत्तरगया गाउँपालिका वडा नम्वर २ का सञ्जित वाइवा, नुवाकोट तारकेश्वर गाउँपालिका ५ का बिकास तामाङ र सुरेन्द्र तामाङ पक्राउ परेका हुन् ।

दुईवटा मोटरसाईकलमा अवैध सुन ल्याउँदै गरेका बेला गएराति उनीलाई प्रदेश ३ प्रहरीको विशेष टोलीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज ढुंगेलले जानकारी दिए ।

चीनको केरुङ नाकाबाट सुन तस्करी गरी ल्याइएको हुन सक्ने प्रहरीको अनुमान छ ।

shares