लिभरपुल र म्यानचेस्टर सिटीबीचको खेल आज राति

काठमाडौं, १९ पुस । इंग्लिस प्रिमियर लिगको अंक तालिकामा पहिलो र दोस्रो स्थानमा रहेका लिभरपुल र म्यानचेस्टर सिटीबीच आज राति प्रतिस्पर्धा हुँदैछ ।

लिभरपुल र म्यानचेस्टर सिटीबीचको खेल नेपाली समय अनुसार राति पौने २ बजे सिटीको मैदान इतिहाद रंगशालामा हुनेछ । जारी लिगका २० खेलमध्ये १७ खेलमा जित हात पारेको लिभरपुल ५४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।

यता, समान खेलबाट १५ जित हात पारेको सिटी ४७ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । यी दुईबीच भएका पछिल्ला खेलमा सिटीको तुलनामा लिभरपुल बलियो देखिँदै आएको छ ।

दुई टोलीबीच भएका पछिल्ला पाँच खेलमा लिभरपुलले ४ खेल जितेको थियो भने एक खेल गोलरहित बराबरीमा सकिएको थियो ।

shares