एन्फाले नौ लाख रकम हिनामिना गरेको आरोप

काठमाडौं, १९ पुस । अखिल नेपाल फुटबल संघविरुद्ध यू-१५ महिला च्याम्पियनसिप आयोजना गर्दा साढे नौ लाख हिनामिना गरेको आरोप लागेको छ ।

एएफसी यू–१५ महिला फुटबल प्रतियोगिताका आयोजनाका एन्फाका कर्मचारीले विभिन्न होटेलहरुसँग मिलेर साढे नौ लाखभन्दा बढी रकम हिनामिना गरेको आरोप लागेको छ ।

यो आरोप लगाउनेमा काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही, भक्तपुरका अध्यक्ष गौतम सुजखु, ललितपुरका अध्यक्ष पुरुषोत्तम थापा र धादिङका अध्यक्ष दिपक खतिवडा छन् ।

उनीहरूले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताका दौरान होटेलमा लागेको खर्च भन्दा धेरैको विल बनाएको र एएफसीबाट रकम आएपछि एन्फाको खातामा पठाउने सम्झौता गरेको उनीहरुको आरोप छ ।

सो रकम निर्वाचनमा तिर्नुपर्ने आपसी रुपमा बाँढेको आरोप विरोधिको छ । यसअघि पनि उनीहरूले दुईवटा पत्रकार सम्मेलन गर्दै चुनावमा भएको रकम हिनामिनाको अडियो र आरोप सार्वजनिक गरेका थिए ।

shares