चीनको रोबोटिक अन्तरिक्ष यान चन्द्रमाको नयाँ क्षेत्रमा सफलतापूर्वक अवतरण

काठमाडौं, १९ पुस । चीनले आफ्नो रोबोटिक अन्तरिक्ष यानलाई चन्द्रमाको नयाँ क्षेत्रमा सफलतापूर्वक अवतरण गराएको छ ।

चीनको सरकारी संचार माध्यमले पहिलो पटक चन्द्रमाको अहिलेसम्म अध्ययन नगरिए पृथ्वीबाट टाढाको क्षेत्र दक्षिण ध्रुवको एटकन बेसिनमा चाङ इ फोर नामको उक्त अन्तरिक्ष यान सफलतापूर्वक अवतरण भएको जनाएको छ ।

रोबोटिक अन्तरिक्ष यानले उक्त क्षेत्रको भूगर्भ र जैविक परीक्षण गर्ने उपकरण पनि साथमा लगेको बताइएको छ । उक्त रोबोटिक यानले चन्द्रमाको त्यो क्षेत्रको सतहका केही तस्विरहरू पनि पृथ्वीमा पठाएको छ ।

रोबोटिक यान र पृथ्वीबीच प्रत्यक्ष सम्पर्क हुन नसकेको कारण तस्विरहरू पहिला अर्को अन्तरिक्ष यानमा पठाएर त्यसमार्फत पृथ्वीमा पठाएको हो ।

चीनको सरकारी संचार माध्यमले यसलाई अन्तरिक्षको अध्ययनमा एउटा महत्वपूर्ण कोशेढुंगा भनेको छ ।

shares