चीनमा भएको आर्थिक कमजोरीका कारण आइफोन बिक्रीमा कमी

काठमाडौं, १९ पुस । आइफोन निर्माता कम्पनी एप्पलले चीनमा भएको आर्थिक कमजोरीका कारण आफ्ना उत्पादनको बिक्रीमा कमी आएको दाबी गरेको छ ।

एप्पलको शेयर बजार नोभेम्बर यता २८ प्रतिशतको हाराहारीमा कम भएको छ । क्रिसमस तथा नयाँ वर्षसहितका चाडपर्वको मौसम एप्पलको बजारका लागि राम्रो रहँदै आएको थियो । तर यही चाडपर्वको त्रैमासिकमा यो वर्ष एप्पलको बिक्री कम भएको छ ।

आइफोन निर्माता एप्पलले डिसेम्बर २९ देखि तीन महिनाको अपेक्षित लाभ ८४ बिलियन अमेरिकी डलर तोकिएको बताएको छ । उसले यसअघि नोभेम्बरमा सन् २०१८ को अन्तिम त्रैमासिकको अुनमानित लाभको उद्देश्य ८९ बिलियन अमेरिकी डलर राखेको थियो ।

सन् २०१६ पछि एप्पलले अनुमानित आय वार्षिक रूपमा लगातार घटाएको छ । एप्पलका कार्यकारी अधिकृत टिम कुकले लगानीकर्ताका लागि लेखेको पत्रमा कम्पनीका उत्पादनको बिक्रीमा चीन र त्यसआसपासका क्षेत्रमा सबैभन्दा ठूलो समस्या रहेको उल्लेख छ ।

shares