जापानी सम्राट अकिहितोको भावपूर्ण अन्तिम सम्बोधन

टोकियो, १८ पुस । जापानका सम्राट अकिहितोले पदत्याग गर्नु अगाडि आफ्ना हजारौं शुभचिन्तकसमक्ष भावपूर्ण अन्तिम सम्बोधन गरेका छन् ।

सम्बोधनको क्रममा सम्राट अकिहितोले आफ्ना शुभचिन्तकहरूलाई शान्तिको कामना गर्दै खुसी व्यक्त गरेका छन् ।बुधबार बिहान सम्राटको नयाँ वर्ष स्वागत सम्बोधन कार्यक्रममा ७२ हजार भन्दा बढी शुभचिन्तक राजधानी टोकियोस्थित राजकीय भवनअगाडि भेला भएका थिए ।

पचासी वर्षीय सम्राटले दिएको अन्तिम पटकको परम्परागत नयाँ वर्षको स्वागत कार्यक्रमलाई अवलोकन गर्न अझै कैयौं शुभचिन्तकहरूको आगमन भइरहेको छ ।

जापानको राजतन्त्रमा यस प्रकार पदत्याग गर्ने सम्राट अकिहितो करिब दुई शताब्दीयता नै पहिलो व्यक्ति हुनेछन् । उनले ३० वर्षको शासनपछि अगामी अप्रिल ३० मा आफ्नो राजगद्दी त्याग्दै छन् ।

shares