जुत्ता तथा चप्पल औद्योगिक प्रदर्शनीमा उपभाेक्ताकाे आकर्षण बढ्दो

काठमाडौं, १८ पुस । शुक्रबारदेखि काठमाण्डौको भृकुटीमण्डपमा जारी जुत्ता तथा चप्पल औद्योगिक प्रदर्शनीमा उपभाेक्ताकाे आकर्षण देखिएकाे छ ।

फुटवेयर म्यानुफ्याक्चरर्स एशाेशिएसनकाे आयाेजनामा जारी १५ ‌‌औं जुत्ता मेलामा हालसम्म करिब ९० हजारले अवलाेकन गरेको आयोजकले जनाएको छ ।

एउटै छानामुनि सबैजसाे कम्पनीका उत्पादन छुटसहित किन्न पाइने भएकाले उपभाेक्ताकाे आकर्षण बढेकाे आयोजकको भनाइ छ । मेलामा दुई दर्जन स्वदेशी कम्पनीहरू सहभागी छन् । मेला पुस १९ गतेसम्म चल्नेछ ।

shares