गैंडाको खागसहित एक जना पक्राउ

कैलाली, १८ पुस । जिल्ला प्रहरी कार्यालय कैलालीले गैंडाको खागसहित एक जनालाई धनगढी उपमहानगरपालिकाबाट पक्राउ गरेको छ ।

बाजुरा ब्रह्मतोला घर भई धनगढी उप–महानगरपालिका ५ जाई बस्दै आएका ५१ वर्षीय चक्र भण्डारीलाई मंगलबार खागसहित पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो ।

तस्करीमा संलग्न अरू पनि हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । भण्डारीले गैंडाको खाग भारतबाट ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ ।

shares