प्रधानन्यायाधीश राणाको सपथ आज

काठमाडौं, १८ पुस । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई आज राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ गराउँदै छिन् ।

हिजो संसदीय सुनुवाइबाट सर्वसम्मत अनुमोदित भएका राणालाई आज सपथ गराउने तयारी गरिएको हो । आजै राणाले पदबहाली गर्नेछन् ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेरहदका कारण हिजो अवकास लिएका छन् । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका रूपमा उनले गत भदौ २५ गतेदेखि कार्यभार सम्हालेका थिए ।

मिश्रले न्यायलयमा रहँदा आफूले न्यायपालिकाको व्यवसायिकता र संस्थागत विकासका लागि काम गरेको उल्लेख गरेका छन् ।

shares