बिग ब्यासमा सन्दीपले लिए चार खेलमा चारै कप्तानको विकेट

काठमाडौं, १७ पुस । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा मेलबर्न डर्बी रेनेगेड्सविरुद्ध पहिलो विकेट लिएका छन् ।

सन्दीपले ११ औं ओभरको अन्तिम बलमा १० रन बनाएर खेलिरहेका रेनेगेड्सका कप्तान टोम कुुपरको विकेट लिएका हुन् । यसअघिका तीन खेलमा पनि कप्तानलाई आउट गराइसकेका लामिछानेले योसँगै चारजना क्याप्टेनको विकेट लिएका छन् ।

सन्दीपले आफ्नो दोस्रो ओभरको अन्तिम बलमा कुुपरलाई स्टम्पिङ गराए । पहिलो ओभरमा ११ रन खर्चिएका सन्दीपले दोस्रो ओभरमा ४ रनमात्रै खर्चिए । उनले तीन खेलमा ७ विकेट लिइसकेका थिए भने आजको विकेटसँगै सन्दीपको बिग बास लिगमा ८ विकेट लिएका छन् ।

यसअघि सन्दीपले सिड्नी थन्डर, सिड्नी सिक्सर्स र होबर्ट हुुरिक्यान्सका कप्तानको विकेट लिएका थिए ।

shares