उत्तर कोरियाको संयमताको परीक्षा नलिन अमेरिकालाई नेता किमको चेतावनी

काठमाडौं, १७ पुस । उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकालाई उत्तर कोरियाको संयमताको परीक्षा नलिन चेतावनी दिएका छन् ।

नयाँ वर्षको अवसरमा टेलिभिजनमार्फत देशबासीको नाममा सम्बोधन गर्दै किमले कोरियाली प्रायद्विपलाई आणविक हतियारमुक्त बनाउने प्रतिबद्धतामा आफू कायमै रहेको तर यसका लागि अमेरिकाले आफ्नो रवैया बदल्नुपर्ने बताए ।

नेता किमले अमेरिकाले विश्वसामु गरेको प्रतिबद्धतालाई वेवास्ता गर्दै उत्तर कोरियामाथि दबाब कायमै राखेमा आफ्नो सार्वभौमसत्ताको रक्षाका लागि उत्तर कोरियाले पनि नयाँ बाटो पहिल्याउने चेतावनी दिए ।

उनले आगामी दिनमा पनि आफू अमेरिकी राष्ट्रपतिसँग वार्ता गर्न तयार रहेको बताउँदै उनले अमेरिकाले आफूले गरेको प्रतिबद्धताहरू कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

किमले अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास बन्द गर्नुपर्ने र उत्तर कोरियामाथि लगाएको प्रतिबन्द हटाउनुपर्नेमा जोड दिए ।

shares