टोपी दिवस विशेष गीत रामकृष्ण ढकालको ”मै हुँ ढाका टोपी” सार्वजनिक (भिडियो)

काठमाडौं, १७ पुस । आज १ जनवरी अर्थात अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस । आज नेपालसहित संसारभर रहेका नेपालीहरूले भव्यताका साथ मनाउँदै छन् ।

नेपाली सांगीतिक छेत्रमा टोपीसम्बन्धी धेरै गीतहरू स्थापित र नेपाली जनजिब्रोमा झुन्डिएको छ । टोपी दिवसलाई मध्यनजर गर्दै गीतकार ज्ञानु राजबंशीले ”मै हुँ ढाका टोपी यो ” गीत सार्वजनिक गरेका छन् ।

नेपाली सुगम संगीतका बरिष्ठ गायक रामकृष्ण ढकालको सुमधुर स्वर र सुनिल मास्केको कर्णप्रिय संगीत रहेको गीतमा अमुल कार्कीढलीको एरेन्जमेन्ट रहेको छ । गीतकार राजबंशीको ‘मेरो प्यारो नेपाल’ गीति एल्बममा समावेश गीत ”मै हुँ ढाका टोपी यो ” को म्युजिक भिडियोमा गायक रामकृष्ण ढकालले नै अभिनय गरेका छन् ।

उत्सव दाहालको क्यामेरा , विकाश दाहालको सम्पादन र युवराज वाइबाको निर्देशनमा बनेको भिडियोलाई ए वान इन्टरटेन्टमेन्टले बजारमा ल्याएको हो ।

बिर्तामोड नगरपालिका _२ चारपाने, झापा निवासी गीतकार ज्ञानु राजबंशीको ‘मेरो प्यारो नेपाल’ गीति एल्बमभन्दा अगाडि राजबंशी भाषामा वि.सं. २०७१ र २०७४ मा क्रमश: ‘प्रेमेर बाउधिया’ र “साली तोर मुई रसिया” गरी दुईवटा गीति एल्बम आइसकेका छन् भने उनले स्थानीय राजबंशी चलचित्र ‘बागनेर फूल’मा अभिनयसमेत गरिसकेका छन् ।

‘मेरो प्यारो नेपाल’ एल्बममा समावेश अन्य गीतहरूको पनि म्युजिक भिडियो छिट्टै निर्माण गरिने गीतकार राजबंशी जानकारी दिए ।

भिडियो हेर्नुहोस्-

shares