प्रधानन्यायाधीश सिफारिस राणाको संसदीय सुनुवाइ आज पनि

काठमाडौं, १७ पुस । प्रधानन्यायाधीश सिफारिस चोलेन्द्र शम्शेर राणाको संसदीय सुनुवाइ आज पनि हुँदैछ ।

सिंहदरबारमा बिहान ११ बजे बस्ने सुनुवाइ समितिकाे बैठकले राणालाई प्रधानन्यायाधीशमा अनुमोदन गर्ने/नगर्ने निर्णय गर्नेछ । आइतबार संसद सचिबालयका कर्मचारीहरू सुनुवाइ समितिको बैठक चल्दा चल्दै चार बजेकाे भन्दै बाहिरिएपछि बैठक आजलाई सारिएको हो ।

यसअघि समितिले शुक्रबार राणाविरुद्ध उजुरीकर्ता नौ जनासँग छलफल गरिसकेको छ । संवैधानिक परिषद्ले सर्वोच्च अदालतमा तीन वर्ष सेवा अवधि पुगेको वरिष्ठतम् न्यायाधीशका रूपमा सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा जवराको प्रस्ताव गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो ।

राणा अनुमोदित भए राष्ट्रपतिले राणालाई प्रधानन्यायाधीश नियुक्त गर्नेछिन् । आजै प्रधानन्यायाधीश ओमप्रकाश मिश्र उमेरहदका कारण सेवा निवृत्त हुँदै छन् ।

shares