अङ्ग्रेजी नयाँ वर्ष २०१९ को अवसरमा प्रधानमन्त्रीको शुभकामना सन्देश

काठमाडौं, १७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१८ संविधान कार्यान्वयन र संक्रमणकाल अन्त्यको वर्ष भएको बताएका छन् ।

अङ्ग्रेजी नयाँ वर्ष २०१९ को अवसरमा आज शुभकामना सन्देश निकाली उनले सन् २०१८ लाई राजनीतिक उपलब्धीको वर्ष भनेका छन् ।

प्रधानमन्त्री ओलीले सन् २०१९ मा समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान अझ उचाइमा पुग्ने विश्वास व्यक्त गरे । उनले निर्वाचनमार्फत् प्रकट जनचाहनालाई शीरमा राख्दै जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन नदिने संकल्प गरे ।

shares