प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं, १७ पुस । स‌ंघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

प्रतिनिधिसभा भवन नयाँ बानेश्वरमा मध्यान्ह १२ बजे बस्ने बैठकमा कर्मचारी समायाेजन अध्यादेश २०७५ प्रस्तुत गर्ने कार्यसूची छ । कर्मचारी समायाेजन अध्यादेशको विरोधमा निजामती कर्मचारीहरू आन्दाेलित भइरहेका बेला सदनमा विधेयक पेश हुन लागेको हो ।

यसैगरी पारमाणविक विधेयक, २०७५, केही नेपाल ऐन स‌ंशाेधन गर्न बनेको विधेयक, जीवनाशक विषाधी विधेयक, प्रशासकीय अदालत विधेयक, मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशाेधन गर्ने विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।

बैठकमा सांसदहरूले शून्य र विशेष समयमा सरकार र संसदको ध्यानाकर्षण गराउनेछन् ।

shares