बिग बास लिग: सन्दीपको टिम मेलबर्न स्टार्स आज मेलबर्न रेनेगेड्ससंग खेल्दै

काठमाडौं, १७ पुस । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम मेलबर्न स्टार्सले बिग बास लिगको चौथो खेलमा आज मेलबर्न रेनेगेड्ससंग प्रतिस्पर्धा गर्दैछ ।

यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो २ बजे मेलबर्नमा हुनेछ । मेलबर्न रेनेगेड्सविरुद्ध मैदान उत्रदा मेलबर्न स्टार्स दोस्राे र रेनेगेड्स तेस्रो जितको खोजीमा हुनेछ ।

मेलबर्न स्टार्स ३ खेलबाट २ अंक जोडेर लिगको छैटौं स्थानमा छ । ३ खेलबाट ४ अंक जोडेको मेलबर्न रेनेगेड्स दोस्रो स्थानमा छ ।

सन्दीपले बिग बासको तीन खेलमा ७ विकेट लिइसकेका छन् । सन्दीपले पहिलो र तेस्राे खेलमा २/२ तथा दोस्रो खेलमा ३ विकेट लिएका थिए ।

चौथो खेलपछि सन्दीप मेलबर्नको टिममा हुने छैनन् । सन्दीप बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश आउनेछन् । सन्दीपले स्यलहेट सिक्सर्सबाट बंगलादेश प्रिमियर लिग खेल्नेछन् ।

shares