Breaking News

भरतपुरमा पुन: मतदान गर्ने निर्वाचन अायोगकाे निर्णय विरुद्द सर्वोच्चमा रिट दायर

काठमाडौं २१ जेठ । भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्बोच्च अदालतमा रिट दायर भएकाे छ ।

भरतपुर महानगरपालिक वडा नम्बर १९ का एमालेका तर्फबाट सदस्य पदका उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले अाज रिट दर्ता गराएका हुन् । रिटको पेशी भोलीलाई तोकिएकाे छ ।

रिटमा भरतपुरको पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय बदर गरी च्यातिएका ९० मतपत्र बदर मानेर मतगणना कार्य सूचारु गर्न गराउन उत्प्रेषणयुक्त परमादेश माग गरिएको छ ।

 

shares