शिक्षा र ज्ञानको लागि नेपाल भूमि हजारौँ वर्षदेखि विश्वविद्यालय: प्रधानमन्त्री

काठमाडौं, १६ पुस । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले शिक्षा र ज्ञानको लागि हाम्रो भूभाग हजारौँ वर्षदेखि विश्वविद्यालय रहेको दाबी गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयको ५६औँ ग्रेस लिष्टको ४४औँ दीक्षान्त समारोहमा प्रधानमन्त्रीले हजारौ‌ वर्षदेखि हाम्रा पूर्खाले असाधारण खोज अनुसन्धान गरेको दाबी पनि गरे । नेपाल विवधतायुक्त देश रहेको बताउँदै उनले कला संस्कृति र प्रकृतिको खुलेर प्रशंसासमेत गरे ।

पहिलोपटक अनलाइन फारममार्फत सहभागी आह्वान गरिएको यो दीक्षान्त समारोहमा २०७४ सालको जेठ १८ गतेदेखि २०७५ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिएका ७४ हजार २ सय ८२ जना विद्यार्थी दीक्षित भएका छन् । समारोहमा भने नौ हजार ५०४ जना विद्यार्थी सहभागी थिए ।

shares