शेयर बजार परिसूचक नेप्से आज पनि घट्यो

काठमाडौं, १६ पुस । कारोबार भएकामा सबैजसो कम्पनीको शेयरको भाउ घटेपछि शेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ ।

हिजो साढे १० अंकले घटेको नेप्से आज भने १७ दशमलव २६ अंकले घटेर ११ सय ८७ दशमलव २८ अंकमा झरेको छ । कारोबार भएकामा जलविद्युत, वित्त र उत्पादनमुलक समूहको परिसूचक बढे पनि अरु सबै समूहको परिसूचक घटेकाले समग्रमा नेप्से पनि घटेको हो ।

नेपाल राष्ट्र बैंकले मुद्रा बजार र पूँजी बजारको सूधारको लागि नीतिगत व्यवस्था गरेका कारण गत हप्ता नेप्से बढेको थियो । तर अल्पकालीन लगानीकर्ताले बजार बढेको बेलामा शेयर बेचेर नाफा बुक गर्न खोजेका कारण हिजो र आज लगातार दुई दिन शेयर बजार घटेको हो ।

आज ४० करोड रुपैयाँ बराबरका झण्डै १२ लाख कित्ता शेयर किनबेच भएका छन् ।

shares