यूएईसँग खेल्ने २० सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

काठमाडौं, १६ पुस । यूएईसँगको खेलका लागि २० सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।

आउँदो जनवरी २५ देखि सुरु हुने खेलको तयारीको लागि आज २० सदस्यीय टोलीको घोषणा गरिएको हो । नेपालले यूएईमा ३ एक दिवसीय र तीन ट्वेन्टी ट्वेन्टी अन्तर्राष्ट्रिय खेल्नेछ ।

युवा खेलाडीहरू भीम सार्की, सन्दिप जोरा र पवन सर्राफले राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा पहिलो पटक स्थान बनाएका छन् । नेपालले २५ जनवरीदेखि २८ जनवरीसम्म वान डे अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ ।

तीन ट्वेन्टी ट्वेन्टी अन्तर्राष्ट्रिय सिरिज जनवरी ३१ देखि फेब्रुअरी ३ सम्म चल्नेछ । सिरिजका सबै खेल दुबईमा हुनेछ ।

नेपालले अघिल्लो वर्ष जिम्बावेमा सम्पन्न एक दिवसीय विश्वकप छनोटमा आठौं स्थानमा रहेर ४ वर्षको लागि वान डे अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।

shares