उत्तर कोरियाद्वारा नि:शस्त्रीकरणबारे थप छलफल गर्न ब्लु हाउसलाई पत्राचार

काठमाडौं, १५ पुस । उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली प्रायद्विपलाई नि:शस्त्रीकरण गर्ने विषयमा थप छलफल गर्ने प्रस्ताव पठाएको दक्षिण कोरियाली राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालय ब्लु हाउसले उत्तर कोरियाली नेता किमले पत्र पठाई यसै वर्षको सुरुमै वार्ता गर्न चाहेको बताएको छ । साथै किमले गत सेप्टेम्बरको भेटमा भएको सहमति अनुसार यो महिनाभित्र दक्षिण कोरिया भ्रमण गर्ने योजना कार्यान्वयन गर्न नसकेकोमा क्षमा माग्दै जनवरीमा भेट्न चाहेको ब्लु हाउसले बताएको छ ।

किमले दक्षिण कोरियाली राष्ट्रपतिले नयाँ वर्षको अवसरमा देशबासीलाई सम्बोधन गर्नुअघि दक्षिण कोरियाली राष्ट्रपतिलाई पत्र पठाउनुले दक्षिण कोरियामा शान्ति वार्ता सकारात्मक दिशातर्फ अघि बढेको सन्देश पुगोस् भन्ने चाहना ब्यक्त भएको अनुमान गरिएको छ ।

shares