तालिवानद्वारा सरकारको शान्ति वार्ता प्रस्ताव अस्वीकार

काठमाडौं, १५ पुस । अफ्गानिस्तानका तालिवानले सरकारको शान्ति वार्ता प्रस्ताव अस्वीकार गरेको छ ।

तालिवानका एक नेताले सरकारसँग वार्ता नगर्ने बताएका छन् । यद्यपी उनले आगामी महिना अमेरिकी अधिकारीहरूसँग भने साउदी अरबमा शान्ति वार्ता गर्ने बताएका छन् ।

अफ्गानिस्तानमा इस्लामिक कानून लागू गर्न संघर्षरत तालिवानसँग १७ वर्ष लामो गृहयुद्ध अन्त्य गर्न काबुल सरकारले शान्ति वार्ताको प्रस्ताव गरेको हो ।

तालिवानले केही दिनअघि मात्रै पनि अमेरिका, संयुक्त अरब इमिरेट्स, साउदी अरब र पाकिस्तानी अधिकारीहरूसँग अबुधाबीमा वार्ता गरेका थिए । तर उनीहरूले अफ्गानी सरकारसँग वार्ता गर्न भने अस्वीकार गरेका छन् ।

shares