प्रवेश राई र बानिका प्रधानको ”माया गर न’ सार्वजनिक (भिडियो)

काठमाडौं, १५ पुस । गायक प्रवेश राईको नयाँ गीत ”माया गर न”को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा नायक आकाश श्रेष्ठ र नव मोडेल मेलिना राईले अभिनय गरेका छन् ।

कर्मा ग्याल्छेन बोम्जनको शब्द र संगीत रहेको गीत ‘माया गरन’मा गायक राईलाई स्वरमा गायिका बानिका प्रधानले साथ दिएकी छिन् ।

‘जोर मादल’एल्बममा समावेश गीत ”माया गर न”मा शाहस शाक्यको संगीत संयोजन रहेको छ । बुद्ध थापाको क्यामेरा, विकाश धमलाको सम्पादन रहेको भिडियोलाई अहिलेका ब्यस्त निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन्।

अमेरिका निवासी गायक प्रवेश राईले एल्बमका बाँकी गीतको पनि छिट्टै भिडियो निर्माण गरिने जानकारी दिएका छन् ।

भिडियो हेर्नुहोस्-

shares