बङ्लादेशमा आज आमनिर्वाचनमा मतदान हुँदै

ढाका, १५ पुस । बङ्लादेशमा आज आमनिर्वाचनमा मतदान हुँदैछ ।

निर्वाचन सुरक्षाका लागि देशभर प्रहरी, सैनिक र अन्य सुरक्षाकर्मीहरू गरी झण्डै छ लाख परिचालन गरिएको छ । प्रधानमन्त्री शेख हसिना नै फेरी निर्वाचित हुने अनुमान गरिएको आम निर्वाचनका लागि देशभर झण्डै ४० हजार मतदान केन्द्रहरू तय गरिएको छ ।

सुरक्षाकर्मीहरूलाई विभिन्न समूह तथा तहका विभाजन गरेर मतदान केन्द्रदेखि गाँउ गाउँसम्म खटाइएको छ । निर्वाचनमा प्रधानमन्त्री हसिनाको सत्तारुढ दल अवानी लिग र प्रमुख विपक्षी दल बङ्लादेश नेसनल पार्टी (बिएनपी) बीच प्रतिश्पर्धा हुने देखिएको छ ।

प्रधानमन्त्री शेख हसिनाले आफ्नो जित सुनिश्चत भएको दाबी गरिरहँदा विपक्षीहरूले निष्पक्ष र स्वतन्त्र निर्वाचन हुनेमा शङ्का गरिरहेका छन् ।

shares