मुलुक निर्यातमुखी अर्थतन्त्रको अवस्थामा प्रवेश गर‍िरहेको मन्त्री यादवको दाबी

काठमाडौं, १३ पुस । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुक आयातमुखी अर्थतन्त्रको अवस्थाबाट निर्यातमुखी अर्थतन्त्रको अवस्थामा प्रवेश गरिरहेको दाबी गरेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा आजदेखि शुरु भएको १५ औं औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले ऐन कानूनको उल्झन बाँकी रहँदा लगानीको वातावरण बन्न नसकेको टिप्पणी गरे ।

जवाफमा मन्त्री यादवले ऐन कानून संशोधन गर्ने कुरा निकै पेचिलो र लामो हुने भन्दै लगानीको वातावरण बनाउन आफूले पहल गरिरहेको स्पष्ट पारे ।

नेपालमै निर्मित जुत्ता चप्पल तथा छालाका सामाग्री प्रदर्शनीमा राखिएको मेलामा दुई दर्जन बढी उत्पादन कम्पनीहरू सहभागी छन् । मेला पुस १९ गतेसम्म चल्नेछ ।

shares