वेष्टह्याम युनाइटेड इंग्लिस प्रिमियर लिगको नवौं स्थानमा उक्लियो

काठमाडौं, १३ पुस । साउथ ह्याम्पटनलाई हराउँदै वेष्टह्याम युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको नवौं स्थानमा उक्लिएको छ ।

गएराती साउथह्याम्पटनको घरेलु मैदानमा भएको खेलमा वेष्टह्याम २/१ ले विजयी भयो । वेष्टह्यामको जितमा फेलिपे एन्डर्सनले दुवै गोल गरे । नाथन रेडमण्डले गोल गर्दै साउथ ह्याम्प्टनलाई खेलमा अग्रता दिलाएका थिए ।

तर त्यसको १० मिनेटभित्रै फेलिपेले दुई गोल गर्दै वेष्टह्यामको जित सुनिश्चित गरे । जितसँगै वेष्टह्यामले १९ खेलबाट २७ अंक जोडेको छ । लिगमा १९ खेलबाट ५१ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ ।

shares