सुनको मूल्य तोलामा २ सयले बढ्यो

काठमाडौं, १३ पुस । स्थानीय बजारमा उतारचढावपूर्ण रहेको सुन तथा चाँदीको मूल्य एक सातायता लगातार बढिरहेको छ ।

बिहीबार प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार २ सय रुपैयाँले बढेर ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १० रुपैयाँले बढेर ७ सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मूल्य १२ सय ७४ डलर तथा चाँदीको मूल्य १५.२० डलर कायम भएको छ ।

shares