टिपर दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं, १३ पुस । काठमाडौंको बालाजु बाइपासमा माटो बोकेको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ । दुई जना घाइते भएका छन् ।

आज बिहान साढे ५ बजे ना ७ ख ७००५ नम्वरकाे टिपर पल्टँदा ठेलागाडामा चिया बेचिरहेका धादिङ धुनीबेसी घर भई काठमाडौं बालाजु बाइपास बस्ने ५० बर्षका दलबहादुर बिशुंखेकाे मृत्यु भएको हो ।

बिशु‌ंखेकी श्रीमती सान्नानी र नुवाकोट ककनीका ४८ वर्षका प्रज्ञारत्न लामा घाइते भएकाे महानगरीय प्रहरी बृत्त महाराजगञ्जका प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए ।

ब्रेक फेल भएर टिपर दुर्घटना भएको प्रहरीले जनाएको छ । टिपर चालक प्रहरी नियन्त्रणमा छन् ।

shares