३ वटा देशका राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौं, १२ पुस । सरकारले शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत बनाएका ३ वटा देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको गत शुक्रबार र सोमबार बसेको बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले दक्षिण कोरियाका अर्जुन जंगबहादुर सिंह, स्पेनका भरतबहादुर रायमाझी र बंगलादेशका लागि नेपाली राजदूत चोपलाल भुषाललाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिए ।

मन्त्री बाँस्कोटाले अरु पाँच जनालाई नयाँ राजदूत नियुक्तिका लागि सिफारिस गरेको जानकारी पनि दिए । यस्तै सरकारले काठमाडौं उपत्यकामा चलाउन ३ सयवटा विद्युतीय बस किन्ने निर्णय गरेको छ ।

काठमाडौंमा हुने ट्राफिक जाम र प्रदुषणको समस्या समाधान गर्न सार्वजनिक यातायात र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गरिने मन्त्री बास्कोटाको भनाइ छ ।

shares