नेप्से घट्यो, कारोबार रकम भने उच्च

काठमाडौं, १२ पुस । साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक झिनो अंकले ओरालो लागेको छ ।

हिजो बुधाबार ३० दशमलव १२ अंकले बढेको पूँजीबजार आज १ दशमलव शुन्य ८ अंकले घटेर १ हजार २ सय १५ दशलमव १६ अंक कायम भएको छ ।

नेप्से परिसूचक घटेपनि कारोबार रकम भने उच्च देखिएको छ । आज १ सय ७४ वटा कम्पनीको २८ लाख ७२ हजार ५ सय कित्ता सेयर १० हजार ४ सय ६ पटक खरिदबिक्री हुँदा १ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

आज उत्पादन, जीवन बीमा र अन्य समूहबाहेक सबै समूहको उपसूचक ओरालो लागेको छ ।

shares