सन्दीप बने बिग बास लिगमा सर्वाधिक विकेट लिने खेलाडी

काठमाडौं, १२ पुस । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियामा जारी बिग बास क्रिकेट लिगमा सर्वाधिक विकेट लिने खेलाडी भएका छन्।

मेलबर्न स्टार्सको तर्फबाट सिड्नी सिक्सर्स विरुद्ध आफ्नो तेस्रो खेलमा दुई विकेट लिएसँग प्रतियोगितामा ७ विकेट लिएका सन्दिप सबैभन्दा बढी विकेट लिने खेलाडी भएका छन्।

सन्दीपले दोस्रो ओभरको दोस्रो बलमा सिड्नीका कप्तान मोइजेस हेनरिक्सलाई आउट गरेका थिए भने आफ्नो तेस्रो ओभरको अन्तिम बलमा टोम कुरानलाई आउट गरे ।

यसअघि बिग बासको पहिलो खेलमा लेग स्पेनर सन्दीपले सिड्नी थन्डर्स विरुद्ध २ विकेट लिएका थिए । दोस्रो खेलमा होबार्ट हुरिकेन्स विरुद्ध ३ विकेट लिएका थिए l

जारी बिग बास लिगमा सिड्नी थन्डरका ड्यानियल साम्सले ६ र एडिलेड स्ट्राइकर्सका रासिद खानले ५ विकेट लिएका छन् ।

shares