चोलेन्द्रविरुद्धका उजुरीमाथि समितिमा छलफल

काठमाडौं, १२ पुस । प्रधानन्यायधीश सिफारिस चोलेन्द्रशम्शेर जबराविरुद्ध परेका उजुरीबारे संसदीय सुनुवाई समितिमा छलफल भएको छ ।

समिति सचिवालय सिंहदरबारमा बिहीबार बसेको बैठकमा जबराविरुद्ध परेका नौवटा उजुरीमाथि सामान्य छलफल भएको र उजुरीकर्ताहरूलाई भोलि दिउँसो ३ बजे छलफलका लागि बोलाउने निर्णय भएको समिति सदस्य पूर्णकुमारी सुवेदीले जानकारी दिइन् ।

संवैधानिक परिषदको बैठकले मंसिर २७ गते जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। सुनुवाई समितिले जबराको नाम अनुमोदन गरेमा राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नेछन् ।

यसअघि संसदीय सुनुवाइ विशेष समितिले न्यायाधीश दीपकराज जोशीलाई अस्वीकृत गरेको थियो । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आउँदो पुस १७ गते उमेरहदका कारण अनिवार्य अवकाश पाउँदै छन् ।

shares