नेकपाको स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौं, १२ पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसाे ३ बजे बस्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिनेछन् ।

यसअघि हिजो अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिएका थिए ।

मंसिर २९ देखि शुरु भएको नेकपा स्थायी कमिटी बैठकमा अधिकांश नेताहरूले पार्टी र सरकार सञ्चालन प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् ।

shares