निर्मला हत्या अभियोगमा पक्राउ परेका प्रदीप थुनामुक्त

काठमाडौं, ११ पुस । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका प्रदीप रावल थुनामुक्त भएका छन् ।

नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले रावललाई साधारण तारेखमा छाेड्न आदेश दिएपछि थुनामुक्त गरिएकाे हो । प्रहरीले बयानका क्रममा रावलले बलात्कार र हत्या आरोप स्वीकारेको दाबी गर्दै आएको थियो ।

रावलकै बयानका आधारमा पक्राउ परेका विशाल चौधरी भने यसअघि नै छुटिसकेका छन् । प्रहरीले रावल र चौधरीलाई हत्यारा भएको दाबी गरे पनि थप प्रमाण नपाएपछि रिहा गरेको हो ।

गत साउन १० मा निर्मलाको बलात्कारपछि हत्या भएको थियो । उनको शव ११ गते फेला परेको थियो । ५ महिना बितिसक्दा पनि हत्यारा पत्ता लगाउन नसकेपछि सरकार र प्रहरी संगठनको आलोचना हुँदै आएको छ ।

shares