समाज सुधारको अभियानमा ब्युटी केयर ब्यवसायको ठूलो सहयोग: पूर्वमन्त्री कोईराला

काठमाडौं, ११ पुस । पूर्व-अर्थमन्त्री तथा साहित्यकार शंकर कोईरालाले ब्युटी केयर ब्यवसायले सामाजिक सुधारको अभियानमा ठूलो सहयोग पुर्‍याएको बताएका छन् ।

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको ११ औ वार्षिकोत्सवको अवसरमा आयोजित सम्मान कार्यक्रममा पूर्वमन्त्री कोईरालाले ब्युटी केयर पेशाले महिला सशक्तिकरणमा उल्लेख्य भूमिका निर्वाह गरेको बताए । कोईरालाले सरकारले एक वर्षमा पाँचलाख रोजगारी सृजना गर्ने कार्यक्रम अघि सारेको अवस्थामा सौन्दर्य ब्यवसायमा मात्र तीन लाख ब्यक्ति प्रत्यक्ष रोजगारीमा संग्लन हुनु सकारात्मक भएको बताए ।

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफ्नो ११ औ वार्षिकोत्सवका अवसरमा ३ जना व्यक्तित्वहरू बरिष्ठ सौन्दर्यविद् डा. राजेश्वरी राज्यलक्ष्मी श्रेष्ठ, चर्चित कलाकार निर्माता एवं निर्देशक दिपाश्री निरौला, संचारकर्मी सुशील अर्याललाई विशेष सम्मान प्रदान गरिएको थियो । उनीहरूलाई प्रमुख अतिथि गीतकार, साहित्यकार तथा पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले सम्मान गरेका थिए ।

यसैगरी कार्यक्रममा लायन बालकृष्ण बुर्लाकोटी, प्रदेशसभा सदस्य कल्पना नेपाली, निर्माता निर्देशक समाजसेवी मधुकुमार श्रेष्ठ, बरिष्ठ समाजसेवी सुभाष गुरुङलाई समेत सम्मान गरिएको थियो । बरिष्ठ सौन्दर्यविद, चर्चित कलाकार, पत्रकार तथा समाजसेवामा अग्रणी भूमिका निर्वाह गर्ने अग्रज व्यक्तित्वहरूलाई सम्मान गरिएको उक्त कार्यक्रममा उत्कृष्ट कर्मचारीहरूलाई समेत सम्मान गरिएको थियो ।

विगत ११ वर्षदेखि सौन्दर्यप्रति सचेत सम्पूर्ण नेपालीहरूको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर काठमाडौँ मल, बिजी मल तथा सिभिल मलमा रहेर आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ । उक्त ११ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरका संरक्षक प्रकाश कुमार श्रेष्ठले ४० जनालाई प्रत्यक्ष रोजागरी प्रदान गरेको र आफ्ना ग्राहकहरूको सेवा सुविधालाई ध्यानमा राख्दै आधुनिक पद्दतिद्वारा सम्पूर्ण सेवा प्रदान गर्दै आएको जानकारी दिए ।

संचालिका रश्मिला श्रेष्ठले अस्ट्रेलिया तथा अमेरिकामा समेत रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको सेवा विस्तार गर्न लागिएको जानकारी दिंदै ग्राहकहरूले अन्तर्राष्ट्रिय स्तरको सेवा लिन सक्ने बताइन् ।

shares