इन्डोनेसियाले अब समुद्रमुनि जाने पहिरोबारे पूर्व जानकारी दिने प्रणाली विकास गर्ने

काठमाडौं, ११ पुस । समुद्रमुनि जाने पहिरोका कारण आउने सुनामीबाट ठूलो जनधनको क्षति ब्यहोरिरहेको इन्डोनेसियाले अब समुद्रमुनि जाने पहिरोबारे पूर्व जानकारी दिने प्रणाली विकास गर्ने भएको छ ।

इन्डोनेसियाका सरकारी अधिकारीका अनुसार नयाँ वर्षदेखि विकास गर्न लागिएको प्रणालीले समुद्री छालको आकारको विश्लेषण गरेर सुनामीका बारे पूर्व जानकारी दिनेछ ।

गत शनिबार मात्रै पनि सुमात्रा क्षेत्रमा भएको ज्वालामुखी बिस्फोटलगतै समुद्रमुनि गएको पहिरोका कारण सुनामी आएको थिए । उक्त सुनामीका कारण अहिलेसम्म ४ सय २९ भन्दा बढीको मृत्यु भैसकेको छ ।

shares